एफए कप: ताकुमी चम्किँदा लिभरपुल पनि अन्तिम आठमा
खबर एक्सप्रेस
२०७८-११-१९ ०८:२१ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा प्रिमियर लिग प्रतिद्धन्द्धी नर्विच सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
लिभरपुलको जितमा जापानी फरवार्ड ताकुमी मिनामिनो नायक बने । उनले खेलको २७औं मिनेटमा र ३९औं मिनेटमा गोल गरेका थिए । नर्विचका लागि लुकास रुपले ७६औं मिनेटमा एक गोल फर्काए ।
त्यस्तै, अर्को खेलमा साउथह्याम्टनले वेस्ट ह्याम युनाइटेडलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस