संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित १६ राजदूतहरुको नाम अनुमोदन
काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम बहुमतले अनुमोदन गरेको छ ।
सरकारले १७ देशका लागि राजदूत प्रस्तावित गरेकोमा संसदको सुनुवाइ समितिले १६ जनाको नाम अनुमोदन गरेको हो ।
शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन ।
श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ ।समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।
यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेलको नाम अनुमोदन भएको छ ।
समितिले रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा।शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन गरेको छ ।
यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस