राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे सभामुख अर्याल
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
बजेट अधिवेशनको पहिलो दिन सोमबार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
आजबाट त्यसमाथि छलफल सुरू हुँदैछ । त्यसअघि सभामुख शीतल निवास पुगेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस