प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित
खबर एक्सप्रेस
२०८२-०७-१८ ०७:२२ मा प्रकाशित
Total Shares: 38
काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। फरवार्ड अर्लिङ हालान्डको गोलमा सिटीले बोर्नमाउथलाई ३-१ ले पराजित गरेको हो।
खेलको १७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि अर्थात् खेलको २५ औं मिनेटमा बर्नमाउथका लागि टायलर एडम्सले बराबरी गोल गरेका हुन्। खेलको ३३ औं मिनेटमा अर्को गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए।
खेलको ६० औं मिनेटमा ओ रोलील गोल गर्दै सिटीलाई ३-१ को सानदार जित दिलाएका हुन्।
यो जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस