राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा भट्टराई, प्रमुख सचेतकमा दाहाल नियुक्त
खबर एक्सप्रेस
२०७८-११-२६ ०४:३८ मा प्रकाशित
Total Shares: 203
काठमाडौं - नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।
यस्तै, राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । दुबै जनाले ओली निवास बालकोट पुगेर नियुक्ति पत्र लिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस