जिम्बावेका सिकन्दर राजाले ईपीएल खेल्ने
खबर एक्सप्रेस
२०७८-०५-१४ १२:३८ मा प्रकाशित
Total Shares: 720
काठमाडौं - जिम्बावेका अलराउण्डर सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । उनी विराटनगर वारिवर्सबाट खेल्ने भएका हुन् ।
विराटनगरले जिम्बावेका पूर्व कप्तानसमेत रहेका सिकन्दरलाई अनुबन्ध गरेको जनाएको छ । यससँगै सिकन्दर विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् ।
सिकन्दरले जिम्बावेका लागि १०५ एकदिवसीय अन्तर्राष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस