दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
खबर एक्सप्रेस
२०७९-०२-०६ ११:३८ मा प्रकाशित
Total Shares: 207
काठमाडौं - दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन्।
कांग्रेस उम्मेदवार मानन्धरले ८ हजार ७२३ मत ल्याउँदा एमालेका हरिवंश चौलागाईले ७ हजार ३०१ मत मात्र पाए।
यस्तै, नगरको उपमेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्नेतले जितेकी छिन्। कमलाले ७ हजार २६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६ हजार ९२१ मत मात्र पाइन्।
यसअघि २०७४ सालमा कोल्हबी नगरको मेयरमा भरतबहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी निर्वाचित भएकी थिइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस