काठमाडौं - प्रहरीले नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ।

झाँक्रीलाई थमाइएको पक्राउ पुर्जीमा राज्यविरूद्धको कसूर अन्तर्गत पक्राउ गरिएको उल्लेख छ।

प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ को कसुर झाँक्रीले गरेको आरोप लगाएको छ । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था रहेको छ। सात वर्ष कैद र सत्तरी हजारसम्म जरिवाना हुने उल्लेख छ।

‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन नहुने’ मुलुकी अपराध संहितामा उल्लेख छ ।

No description available.