सहकारी अनुसन्धानबारे आज गृहसचिव र आईजीपीसँग छलफल गर्दै संसदीय समिति
खबर एक्सप्रेस
२०८१-०३-२२ १०:३४ मा प्रकाशित
Total Shares: 110
काठमाडौं- सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दैछ ।समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाइएको हो ।
देशभरका प्रहरी कार्यालयहरुले सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान गरिरहेकाले मुद्दाबारे जानकारी लिन उनीहरूलाई छलफलमा डाकिएको बताइएको छ ।समितिले छानविनको दायरामा रहेका २९ वटै सहकारीका संचालकहरुलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस