काठमाडौं - राष्ट्रिय जनाता पार्टी (राजपा) नेपालले बबरमहलस्थित केन्द्रिय कार्यालयमा नव पार्टी प्रवेशीलाई स्वागत गरेको छ । स्वगात कार्यक्रममा बोल्दै पार्टीको अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले कांग्रेस–कम्युनिष्टले गर्न नसेको काम राजपाले गर्ने बताएका छन् ।

कार्यक्रममा महतोले राजपा आफैं एक तराईवासी र मधेसको आन्दोलनस्वरुप भएको पनि बताएका छन् । त्यसैले नव प्रवेशि सदस्यको यस्तै विषयमा भुमिका हुने बताए ।

उनले भने, ‘कांग्रेस र कम्युनिष्ट हरुले गर्न नसेको काम हामीले गर्ने हो । देशमा केही मुलभुत समस्याको समाधान भएको छ तर विभेदको समाधन भएन । यसैले गर्दा संविधान सबै नेपालको हुन सकेन ।’

उनले संविधान दिवस नमनाएको विषयमा प्रष्ट पार्दै अधिकार प्रप्तिका लागि संविधान दिवस नमनाएका बताए ।