काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप २ जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

ज्यान गुमाउनेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-५ निवासी ४६ बर्षका पुरुष र पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती रहेका छन् ।