काठमाडौं - चलचित्र 'प्रेमगीत-३'का लेखक छेतेन गुरूङको निधन भएको छ।

मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको उपचारको क्रममा मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका गुरूङले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।

कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । पछिल्लो समय गुरूङ निर्माता सन्तोष सेनसँग मिलेर ‘हु.तु.त;।’ चलचित्र निर्देशनको तयारीमा थिए ।