काठमाडौं - देशभर २२१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका १५ प्रहरीसहित देशभर संक्रमितको संख्या २२१ पुगेको हो ।

संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमित हुनेमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १२८ र कार्यालय सहयोगी चारजना छन् ।