काठमाडौं - नेपाली भारतीय न्युज च्यानलहरु प्रसारणमा रोक लगाइएको छ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको हो ।

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय नेपाल-भारत सीमा विवाद बढेपछि भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको छ । यसै साता प्रधानमन्त्री तथा चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक र भ्रमपूर्ण सामग्री भारतीय च्याननलहरुले प्रसारण गरिरहेका छन् ।