स्कटल्यान्डमाथि चेक रिपब्लिकको सहज जित
काठमाडौं,एजेन्सी - युरोपेली च्याम्पियनसिपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा चेकले स्कटल्यान्डमाथि २–० को सनसनीपुर्ण जित निकालेको हो ।
चेकको जितमा जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिक नायक बने । ४२औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेकलाई सुरुवाती अग्रता दिलाए । ५२ औं मिनेटमा प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेकलाई २-०को जित दिलाए । चेकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गर्न सफल भएको हो ।
जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । इंग्ल्यान्डको समान ३ अंक भएपनि गोल अन्तरमा दोस्रो स्थानमा छ । क्रोएसिया अंक विहीन रहदै तेस्रो स्थानमा रहँदा स्कटल्याण्ड समूहको पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस