प्रधानमन्त्रीको भ्रमण अघि चीन जाँदै परराष्ट्रमन्त्री राणा
खबर एक्सप्रेस
२०८१-०७-२९ ०८:१७ मा प्रकाशित
Total Shares: 127
काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जाँदै छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन भ्रमणमा जान लागेकी हुन् ।
प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदैछन् ।
परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको बताइएको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनको चीन भ्रमण हुन लागेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस