केएमसीको तेस्रो तलाबाट हामफालेर २६ वर्षीय युवाद्वारा आत्महत्या
खबर एक्सप्रेस
२०७७-०७-०३ ०९:५४ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम्फालेका युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ ।
आइतबार डेरामा आफैँलाई आगो लगाएपछि उनलाई आमाले अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हाम्फालेका थिए । अस्पतालका अनुसार खड्का मानसिक रोगी रहेका थिए ।
फेसबुक पेज Like गर्नुहोस