ब्रेमेर एसभीको पोष्टमा बायर्नको दर्जन गोल
खबर एक्सप्रेस
२०७८-०५-१० ०९:०३ मा प्रकाशित
Total Shares: 223
काठमाडौं - जर्मन डिएफवी पोकलको पहिलो चरणमा बायर्न म्युनिखले सानदार जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले १० खेलाडीमा समेटिएको तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि १२-० को फराकिलो जित निकालेको हो ।
बायर्नको जितमा चुपो मोटिङले ह्याट्रिकसहित सर्वाधिक चार गोल गरे । त्यस्तै, जमाल मुसिएलाले २ तथा मालिक टिलमान, लिरोए साने, मिचेल कुइसेन्स, बोउना सार र कोरेन्टिन टोलीले समान एक गोल गरे भने एक गोल उपहार पाएको थियो । जान लुका वार्मले आत्मघाती गोल गरेका हुन् ।
पहिलो हाफमा ५ गोल गरेको बायर्नले दोस्रो हाफमा ७ गोल थप्न सफल भएको थियो । बलियो टिम बायर्नविरुद्ध ब्रेमेर एसभीको केही लागेन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस