काठमाडौं - प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीका अनुसार चार जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा चार जना प्रहरीमाथि आशंका लागेपछि थप परीक्षणका लागि टेकु पठाइएको छ । उनी प्रहरी प्रधान कार्यालयको सवारी शाखा र सञ्चार शाखामा कार्यरत प्रहरी रहेको शाहीले बताए ।

.gif)



