बुद्धिजीवीले सामाजिक परिवर्तन र जागरण ल्याउने काम गर्नुपर्छ : ओली
खबर एक्सप्रेस
२०७८-१२-२० ०२:१३ मा प्रकाशित
Total Shares: 273
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने बताएका छन् ।
एमाले निकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिए ।
आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उनले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस