समानुपातिकतर्फ एमालेले २७ लाख मत कटायो
काठमाडौं - प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगको अनुसार १ करोड मत गणना हुँदा एमालेले २७ लाख ९९४ मत ल्याएको हो। एमालेले हालुम्मा २७.३१ प्रतिशत मत पाएको छ।
समानुपातिकको दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत पाएको छ। कांग्रेसले २५.८८ प्रतिशत मत पाएको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत ल्याएको छ। माओवादीको मत ११.५८ प्रतिशत रहेको छ।
नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत (११.११प्रतिशत) ल्याएर चौंथो स्थान कायम गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७१ हजार १४३ ९५.७८ प्रतिशत) मत पाएको छ।
जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१ (४.२४ प्रतिशत), जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ (३.६४ प्रतिशत) मत पाएका छन्।
यसैगरी, नेकपा एकिकृत समाजवादीले २ लाख ८२ हजार ६०६, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ४३१, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले १ लाख ४८ हजार ७५६ मत ल्याएका छन्। समानुपातिकतर्फको मत गणना जारी रहेको छ। एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपाले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छैनन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस