काठमाडौं,बर्दिया - बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा  उन्ले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पराजित गरेका थिए । 

पन्थले २६ हजार तीन सय ८४मत प्राप्त गरे । त्यसैगरी नेकपा (एमाले) का पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । बर्दिया २ मा एक लाख ५२ हजार ६२ मतदाता  रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे । सो मतमध्ये ८६ हजार ८ सय १२ सदर मत भने थियो भने बदर मत पाँच हजार तीन सय ८७ भएको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।