यो वर्ष साउनमा पशुपति नखुल्ने
काठमाडौं - गएको वर्षजस्तो यो वर्ष साउन महिनामा पशुपतिमा भिडभाड नहुने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे यो वर्ष साउनमा पशुपति मन्दिर नखोलिने भएको छ ।
विशेषत साउनको महिनामा भक्तजनको चाप अत्याधिक हुने भएको कारण मन्दिर खुलाउँदा पुजारी साथै भक्तजनमा नै कोरोनाको डर हुने पशुपति क्षेत्र विकास कोषका कम्युटर अपरेटर प्रभा पाण्डेले जानकारी दिइन् ।
सरकारले अत्याधिक भिडभाड हुने ठाँउहरु मठमन्दिर, विद्यालय, होटेल तत्कालै नखुलाउने निर्णय गरेसंगै जबसम्म सरकारले मठमन्दिर खुलाउने निर्णय गर्देन तबसम्म मन्दिर नखोल्ने उनले बताइन् ।
हिन्दु महिलाहरुले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनको लागि ब्रत बसेको र ब्रतकै प्रभावले पार्बतीले शिवजीलाई पाएको धार्मिक विश्वासमा हिन्दु महिलाहरु श्रीमानको लामो आयुको लागि ब्रत बस्ने गर्दछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस