काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले हार व्यहोरेको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको सिटी ब्राइटनसँग ३-२ले स्तब्ध बनेको हो । 

खेलको दोस्रो मिनेटमा नै इल्केए गुन्डोगानको गोलबाट सिटीले अग्रता लिएको थियो । १०औं मिनेटमा जोओ क्यान्सिलो सिधै रातो कार्ड खाँदै मैदान बाहिरएपछि सिटी १० खेलाडीमा समेटियो । ४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । 

त्यसपछि सिटीले अग्रता जोगाउन सकेन । ५०औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने कोसिस गरे ।  ७२औं मिनेटमा एडाम वेवस्टेरले गोल गर्दै खेललाई २-२को बराबरीमा ल्याए । ७६औं मिनेटमा ड्यानियल बर्नले गोल गर्दै ब्राइटनलाई ३–२ को पूनरागमन जित दिलाए ।

च्याम्पियन बनिसकेको सिटीले ३७ खेलमा ८३ अंक जोडेको छ । ब्राइटन भने ३७ खेलबाट ४१ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ ।