इराकसँग नेपाल पराजित
काठमाडौं - घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा इराकसँग नेपालले ६-२ को हार व्यहोरेको हो ।
खेलको सातौं मिनेटमा कप्तान अला अब्दुल जहर खासिनको फ्रिकिक गोलमा इराकले सुरुवाती अग्रता बनाएको थियो । त्यसको एक मिनेटमै नेपालले अघि बढाएको बललाई क्लियर गर्न खोज्दा अहमद इब्राहिम खलाफले आत्मघाती गोल गर्न पुगे । त्यसपछि खेलको ३०औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २-१को अग्रता दिलाए । त्यसपछि नेपाल सम्हालिन सकेन ।
३८ औं मिनेटमा मोहमद अब्दुल्जारा ओबेदले गोल गर्दै इराकलाई खेलमा फर्काए । त्यसको एक मिनेट नबित्दै अयमन हुसेन गबधनले गोल गर्दै इराकलाई ३-२को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४-२को अग्रता दिलाए । ६८औं मिनेटमा मोहमद अलि अलसम्मारीले गोल गरेपछि इराक ५-२ ले अघि बढ्न सफल भयो । ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६-२ को जित दिलाए । निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस