उपत्यकामा सस्तियो कुखुराको मासुको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-१३ ०६:०३ मा प्रकाशित
Total Shares: 538
काठमाडौं - उपत्यकामा ब्रोइलर कुखुराको मासु सस्तो भएको छ । काठमाडौंमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ ।
निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघको भनाई छ ।
संघका अनुसार यो सातामा तीन पटकसम्म मूल्य घटेको छ । मूल्य घटे पनि मासुको बिक्री नभएपछि किसानहरु चिन्तित भएको संघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस