काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस अमेरिकामाथि सबैभन्दा ठुलो हमला भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा कुरा गर्दै ट्रम्पले कोरोना भाइरसबाट भएको क्षति दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे ।

उनले चीनप्रति आलोचनाको श्रृखलालाई निरन्तरता दिँदै भने, 'हामी चीनसँग खुसी छैनौं, समय हुँदा नै सही कदम उठाएको भए यो भाइरसले विश्वव्यापी महामारीको रुप लिने थिएन ।'

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १२ लाख २७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।