भारतको ओडिसामा भ्यान दुर्घटना हुँदा ९ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-१०-१९ १०:२७ मा प्रकाशित
Total Shares: 276
काठमाडौं, एजेन्सी - भारतको ओडिसामा भएको भ्यान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । कोरापुट जिल्लास्थित कोटपुतमा गएराति भएको दुर्घटनमा अन्य १३ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ओडिसाको सिन्धीगुडा गाउँबाट छत्तीसगढ राज्यको कुल्टा जाँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । प्रहरीले भ्यान आफैं अनियन्त्रित भएर रूखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस