कोराेना महामारीका कारण विश्वभर हालसम्म ६ लाख भन्दा बढीको मृत्यु
काठमाडौं - कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९ जनाको मृत्यु भएको हो ।
यसैगरी संसारभरमा १ करोड ४१ लाख ८९ हजार मानिस यसबाट संक्रमित बनेका छन् । जबकी सबैभन्दा बढी संक्रमण रहेको अमेरिकामा ३७ लाख ७० हजार व्यक्ति यसबाट संक्रमित छन् ।
सबैभन्दा बढी अमेरिकामा १ लाख ४२ हजारको मृत्यु भएको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा २० लाख ४८ हजार संक्रमित र ७७ हजार ९ सयको मृत्यु भएको छ ।
भारत सबैभन्दा बढी संक्रमित हुने तेस्रो मुलुकमा रहँदा त्यहाँ १० लाख ४० हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । मृतक भने २६ हजार नाघेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस