हारपछि कमल थापाले भने,'यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो'
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन भर्खरै औपचारिक रुपमा सकिएको छ। मंसिर १५ बाट महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको थियो । अध्यक्षमा राजेन्द्र लिङ्देनले बाजी मारेका छन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् । लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका हुन्। थापाले जम्मा एक हजार ६ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो ।
मत परिणाम सार्वजनिक भएलगत्तै कमल थापाले हार स्वीकार गरेको बताए। तर, सामाजिक सञ्जालमा भने कतै आक्रोस, त कतै पीडा पोखिरहेका छन् । अध्यक्षमा हार भएपछि उनले सामाविक सञ्जालमा बाक्लो उपस्थिति देखाएका छन् । थापाले आफ्नो अफिसियल फेसबुकमा पछिल्लोपटक आफ्नो मन फाटेको भावमा अरुणा लामाले गाएको गीतलाई पोष्ट गरेका छन्, उनले भनेका छन् ।
‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो
‘पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस