चीनमाथि प्रतिबन्ध लगाउने तयारी भैरहेको छ : ट्रम्प
खबर एक्सप्रेस
२०७७-०१-२० १०:१३ मा प्रकाशित
Total Shares: 296
एजेन्सी - अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन् ।
कोरोना भाइरसकै नाममा कटाक्ष गर्दै आएका ट्रम्पले चीनलाई प्रतिबन्धबाट टाढा नराख्ने बताएका हुन् ।
‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ’उनले भने, ‘यसका लागि तयारी गरिरहेका छौँ । ’
लामो समयदेखि ह्वाइट हाउसमा बसेका ट्रम्पले शुक्रबार फार्महाउस क्याम्प डेविड जाने क्रममा यस्तो बताएको बिबिसीले जनाएको छ ।
उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ । ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस