एजेन्सी - इटलीमा कोरोना भाइरसको कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ ।अहिलेसम्म मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।

यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।

यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् ।