गायक सुगम पोखरेलको 'बुवा..हजुरको याद आउँछ' गीत सार्वजनिक (भिडियाेसहित)
काठमाडौं - गायक सुगम पोखरेलले आफ्नो बुवाको सम्झनामा बुवा...हजुरको याद आउँछ... बोलको गीत दर्शकमाझ ल्याएका छन् । सामाजिक सञ्जालमा गीत सार्वजनिक गर्दै पोखरेलले भन्नुभयो, 'बुवाको निधन हुनुअघि ‘बुवा’ बोलको गीतको तयारी गरिरहेकाे थिएँ ।' उक्त गीत आफ्ना पितालाई सुनाउने इच्छा थियो । गीत बुवा र छोरा सम्बन्धमा आधारित थियो । तर गीत तयार हुनुअघि नै उहाँले संसार छोड्नुभयो । पिताले नसुनेरै गए पनि आफ्ना पितासहित समस्त बुवालाई गीत समर्पित गरिएको पोखरेलले बताए ।
नजिकिँदै गरेको कुशे औँशी (बुबाको मुख हेर्ने दिन) को सन्दर्भमा सम्पूर्ण बुबालाई सम्झेर उनले यो गीत सार्वजनिक गरेका हुन। आफ्नै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन सुजिल कर्माचार्यले गरेका छन् ।
पाेखरेलकाे फेसबुक स्टाटस
धेरै अघि देखि नै "बुवा" को बारे मा गीत बनाउने सोच थियो र त्यो प्रयास केहि समय अगाडी पुर्ण भयो।Music Video बनाएर यो कुशे-औसी को आसपास सार्वजनिक गर्ने योजना थियो ,समस्त बुवा हरुलाई "बुवा को मुख हेर्ने दिन" को कोसेली स्वरुप समर्पण गर्ने भनेर। सबै तयारी भैसकेको थियो अप्रत्याशित खबर आयो बुवा बित्नु भयो भनेर...Surprise दिन खोजेको थिए बुवालाई , आफैं पो Surprised भए !!!
"बुवा" शिर्षक को गीत गर्दैछ रे भन्ने कुरा वहाँलाई थाहा चै भएछ तर मलाई गीत सुनाउन नपाएको मा बडो थकथक लागेको छ।भौतिक रूपमा बुवा अहिले हामी माझ नभएपनि वहाँ को शिक्षा-दिक्षा ,सोच , सपना अनि आशिर्वाद लाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैं गर्नेछु।
यो गीतले एउटा पिता को चित्रण गर्छ जुन रुप , सोचाइ , भोगाई , आचरण , ब्यक्तित्व सम्भवत तपाईंको मेरो या अझ भनौं हरेक Daddy , Papa , Baba , बा या बुवा को आकृति पाउनुहुनेछ/देख्नुहुनेछ। समस्त बुवा हरु को लागी...आशिर्वाद पाईरहु...पितृदेवो भव:
बुवा...हजुरको याद आउँछ...
फेसबुक पेज Like गर्नुहोस