सर्वोच्चद्वारा भूमिसम्बन्धी आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
खबर एक्सप्रेस
२०७८-०४-२५ ०४:१६ मा प्रकाशित
Total Shares: 260
काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।
अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न सर्वोच्चले दुबै पक्षलाई १ भदौमा बोलाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले १९ साउनमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले संवैधानिक दायित्व अन्तर्गत गठन गरेको आयोगलाई स्वामित्व ग्रहण नगरी राजनीतिक प्रेरणाबाट प्रभावित रही खारेज गरेको भन्दै अध्यक्ष देवी ज्ञवाली साउन २४ मा रिट लिएर सर्वोच्च पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस