यसकारण मनमुटाव पैदा भएको थियो सनी र शाहरुखबीच
एजेन्सी - सन् १९९३ मा शाहरुख खान, सनी देवल र जुही चावला स्टारर फिल्म 'डर' बक्स अफिसमा सुपरहिट रह्यो । विशेषगरी यस फिल्मले शाहरुख खानको करिअरलाई उचाईमा पुर्याएको थियो ।
तर यो फिल्मको कारणले नै सनी र शाहरुखबीच मनमुटाव पनि पैदा भएको थियो । त्यसपछि यी दुईले कहिल्यै सँगै एकै फिल्ममा काम गरेनन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा शाहरुख खानले एक यस्तो प्रेमीको भूमिका निभाए, जुन हरेक प्रयत्न गर्दै किरण अर्थात् जुही चावलालाई प्राप्त गर्न खोज्छन् ।
त्यस समय सनी देवल ठूला स्टार थिए जसकारण निर्देशक यश चोपडाले उनलाई यस्तो अफर दिए कि राहुल मेहरा या सुनील मल्होत्रा मध्ये एक भूमिका छान्न लगाए । सनी देवललाई सुनील मल्होत्राको पोजिटिभ भूमिका लिनु उचित लाग्यो । यता कैंयौं कलाकारहरुले रिजेक्ट गरेपछि शाहरुख खानको हातमा यो फिल्म परेको थियो ।
शाहरुख खानले यस फिल्ममा निकै मिहिनेत गरे । बलिउडले कककक किरण वाला भिलेन प्राप्त गर्यो । यो फिल्ममा शाहरुख खानको भूमिका र अभिनय सबै स्टारहरुका लागि भारी हुन पुग्यो । यता सनीले एक अन्तरवार्तामा बताएका थिए कि फिल्ममा हिरोलाई भन्दा भिलेनलाई दमदार रुपमा प्रस्तुत गरिने जानकारी सनीलाई पहिले थिएन ।
सनीले आफूसँग फिल्म टिमले छल गरेको भन्दै पछिल्लो २५ वर्षदेखि यशराजसँग काम नगरेको पनि बताएका थिए । फिल्मको सुटिङको एक दृश्यमा शाहरुख सनीलाई चक्कुले हान्ने क्रममा थिए । फिल्मको स्क्रीप्ट यही नै थियो । यस दृश्यलाई लिएर सनीले यश चोपडासँग निकै बहस पनि गरेका थिए । सनीले फिल्ममा एक फिट कमाण्डरलाई एक साधारण केटा आएर त्यसरी चक्कु कसरी हान्न सक्छ ? कमाण्डरको के काम ? भनेर सनी रिसाउँदै आफ्नो पेन्टको दुवै खोल्टी च्यातेका थिए ।
फेसबुक पेज Like गर्नुहोस