थप ८ हजार १३६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९१ जना निको
खबर एक्सप्रेस
२०७८-०२-०४ ०५:३९ मा प्रकाशित
Total Shares: 402
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस