काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ६ सयले घटेर ८९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८८ हजार ७५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)


