पेलोसीको भ्रमणपछि आक्रोशित बनेको चीनले सैन्य अभ्यासलाई तीव्र बनायो
काठमाडौं,एजेन्सी - अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन आक्रोशित भएको छ । चीनले चेतावनी दिदाँ पनि उनले ताइवानको भ्रमण गरेकी थिइन् ।
न्यान्सी पेलोसीको भ्रमण पछि चीनले ताइवान वरपर नौसेना र वायु सेनाको संयुक्त अभ्यास गरेको छ।
चीनको यो कदमले ताइवानलाई नाकाबन्दी गर्ने प्रयास गर्न सक्ने अनुमान पनि गरिएको छ । यदि यसो भयो भने पक्कै पनि विश्व ठूलो संकटतर्फ जाने अनुमान गरिएको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) को पूर्वी थिएटर कमाण्डले ताइवान वरपरको सामुद्रिक र हवाई क्षेत्रमा गरिएको अभ्यासमा नौसेना, वायुसेना, रकेट बल र रणनीतिक सहयोग बल लगायतका धेरै सेनाहरू संलग्न रहेको बताएको छ।
पीएलएले ४ देखि ७ अगस्टसम्म ६ विभिन्न क्षेत्रमा सैन्य अभ्यास गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यी सबै ६ वटा क्षेत्र यस्ता छन् जसले ताइवानलाई चारैतिरबाट घेरेको छ । पेलोसी मंगलबार ताइवान पुगेपछि चीनले सैन्य अभ्यासलाई तीव्र पारेको थियो।
फेसबुक पेज Like गर्नुहोस