देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ९ डिग्रीभन्दा कम
खबर एक्सप्रेस
२०८२-०८-०३ ०७:४२ मा प्रकाशित
Total Shares: 24
काठमाडौं - देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको हो ।
काठमाडौंमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको महाशाखाले जनाएको छ ।
काठमाडौंमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस