काठमाडौं -  संयुक्त राज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा वृद्धि भएको छ ।

अमेरिकी श्रम विभागले हालै सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरू अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या २ लाख ११ हजार पुगेको छ ।

अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ ।