५ हजार ५५ जना कोरोना संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०१-३० ०५:५७ मा प्रकाशित
Total Shares: 251
काठमाडौं - नेपालमा गत २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५ हजार ५५ जनाले कोरोना जितेका छन् । यससँगै कुल संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै, थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस