गुल्मीमा भीरबाट लडेर एक महिलाको गयो ज्यान
खबर एक्सप्रेस
२०७७-०३-२७ ०६:५९ मा प्रकाशित
Total Shares: 738
गुल्मी - गुल्मीमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर एक हुगाकी ३३ वर्षीया गिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्तले जानकारी दिए ।
शुक्रबार साँझ घाँस काट्न जङ्गलमा गएकी नेपाली अबेरसम्म नफर्किए पछि खोजी गर्दा शनिबार मृत अवस्थामा भेटिएको गुल्मी प्रहरीले जनाएको छ । उनी भीरबाट करिब १५० मिटर तल खसेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस