नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १९७७१ पुग्यो
खबर एक्सप्रेस
२०७७-०४-१६ ०४:४१ मा प्रकाशित
Total Shares: 325
काठमाडौं - शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको छ।
सङ्क्रमितको सङ्ख्यासगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४,३९९ जना रोगमुक्त भएका छन्।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३१६ व्यक्ति देशभरि छन्। विगत २४ घण्टामा पीसीआर विधिबाट १०,७६८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कुल पीसीआर परीक्षणको सङ्ख्या ३,७५,४१६ रहेको छ। अहिले देशभरिका क्वारन्टीनमा १२,००० भन्दा बढी मानिस क्वारन्टीनमा छन्।
फेसबुक पेज Like गर्नुहोस