कोभिड संक्रमणबाट काँग्रेस काठमाडौं २१ का सभापतिको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-०९ ०१:०५ मा प्रकाशित
Total Shares: 490
काठमाडौं - कोभिड संक्रमणबाट काठमाडौं २१ का काँग्रेस कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि बलम्बुको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको कोरोना संक्रमणकै कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ । १३ दिन अघिदेखि ज्वरोखोकी लागेर निकै गाह्रो भएपछि आइतवार अस्पताल भर्ना भएका उनको उपचारको क्रममा आज मृत्यु भएको बताइएको छ ।
काँग्रेस काठमाडौं २ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले सामाजीक संजाल फेसबुकमार्फत उनको मृत्युको पुष्टि गरेका छन्।
उनी २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फवाट वडाध्यक्षका प्रत्यासी समेत थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस