आङ साङ सुकीलाई नजरबन्दमा राखिएको पुष्टि
खबर एक्सप्रेस
२०७७-१०-२३ ०७:२१ मा प्रकाशित
Total Shares: 402
काठमाडौं,एजेन्सी - म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ ।
गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सुकीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो ।
उनका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “नेतृ सुकीलाई उहाँकै घरमा नजरबन्दमा राखिएको छ र उहाँको स्वास्थ्य राम्रो रहेको छ ।” मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उहाँकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भने ।
फेसबुक पेज Like गर्नुहोस