काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन् । 

उनले फेसुबकमार्फत जानकारी गराउँदै पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका हुन् । 

उनले फेसबुकमा लेखेका छन्,‘सर्वोच्च अदालतको  प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी  संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा  छौं ।सञ्चार माध्यमका आ(आफ्ना बिश्लेषणलाई यथोचित  सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन ।तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।