तीर्थयात्री बोकेको भारतीय बस तनहुँमा दुर्घटना‚ २७ घाइते
खबर एक्सप्रेस
२०७६-०५-३० ११:०० मा प्रकाशित
Total Shares: 1400
तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।
मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन्। घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस