थप १२५ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-११-१० ०४:२८ मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३६८१ मा कोरोना परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।
पछिल्लो २४ घन्टामा ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस