तीन प्रदेशमा नयाँ प्रमुख नियुक्त
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा बझाङका यज्ञराज जोशी नयाँ प्रदेश प्रमुखका रुपमा नियुक्त भएका छन् ।
यसअघि बागमतीमा यादवचन्द्र शर्मा लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार प्रदेश प्रमुख रहेका थिए । उनीहरूलाई सोमबारकै सोमबारकै बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले पदमुक्त गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस