एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
खबर एक्सप्रेस
२०८०-०५-१८ ०८:३८ मा प्रकाशित
Total Shares: 107
काठमाडौं - ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो ।
१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो।
पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ। आशिफ शेखले ५८ रन बनाए।
फेसबुक पेज Like गर्नुहोस